पहिचान के हो?

पहिचान भनेको एक मानिसको/समुदायको परिभाषा हो।  यही पहिचानले नै आफुलाई अरूबाट अद्वितीय ठान्दछ। एक व्यक्तिको जिवन सैली (जन्म देखि मिर्त्युसम्मको क्रियाकलाप) पनि आफ्नो समुदायको पहिचानले निर्धारण गर्दछ। पुस्तौ पुस्ताबाट मान्दै आएको विश्वास, मूल्य-मान्यता, चाल-चलन, गर्दै आएको अभ्यास, कला, पहिरिन्दै आएको भेश-भूषा, गर्-गहना आदि एक पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण हुँदै गएर आफ्नो समुदायबीच अतिनै प्यारो बन्न पुग्छ। तसर्थ, समुदायको पहिचान भनेको कुनै एक व्यक्तिको नाम र स्वार्थ भन्दा धेरै माथि र पबित्र हुन्छ।

आफ्नो समुदायको परम्परागत संस्कृतिले हामीलाई सधैं बाँधेको हुन्छ, जोडेको हुन्छ। आफ्नो साँस्कृतिक पहिचान (परम्परा, सम्पदा, भाषा, सौन्दर्यशास्त्र, रीतिरिवाज इत्यादि) ले हामीलाई संसारमा आफ्नो परिचय दिलाउन्छ।

सांस्कृतिक पहिचान ले इतिहासलाई जोगाउने कार्य मात्र नगरेर व्यक्तिहरूलाई पनि आफ्नो अस्तित्वको महसुस गराउन्छ। संस्कृतिले समुदायको सोच र जीवन शैलीको प्रतिविम्व दिन्छ।

1. आखिर पहिचान किन?

संस्कृति, पहिचान झल्काउने धेरै चिजहरु मध्ये एउटा मुख्य चिज हो। तसर्थ, संस्कृति जोगाउनु भनेको इतिहासलाई जोगाउनु हो जसले हामीलाई हाम्रो पुर्खाहरुको मूल्य र मान्यताहरु बुझ्न मद्दत गर्दछ र हामीलाई जीवनको अर्थ पनि दिन्छ। आज हामी जे छौं, जहाँ छौं, यो कसको बलिदानले हो ? अनि विभिन्न चीजहरू कसरी त्यस्ता भए वा किन त्यस्तै छन् भनेर आफ्नो समुदायको विकास क्रम र समुदाय कत्तिको सफल छ भनेर राम्रोसँग बुझ्न पनि संस्कृतिले सहयोग हुन्छ।

सांस्कृतिक पहिचान ले इतिहासलाई जोगाउने कार्य मात्र नगरेर व्यक्तिहरूलाई आफ्नो अस्तित्वको महसुस गराएर एक असल नागरिक बन्नमा सहयोग गर्छ। अनि आफ्नो समाजको, आफ्नो देशको विकास, निर्माण, सुरक्षा जस्ता कुरामा आफुलाई जिम्मेवार ठान्दछ। आफ्नो संस्कृतिमा गर्व गरेर संस्कृति पछ्याई समाजको, देशको आत्मसम्मान र मर्यादा बढाउँछ। अनि आउँदो पुस्तामा पनि आफ्नो संस्कृति, संस्कार हस्तान्तरण गर्ने अठोट उस्मा पैदा हुन्छ।

हाम्रो संस्कृतिले अनुशासन, नैतिक मूल्य-मान्यताहरू सिकाएर हामीलाई मिलनसार र जिम्मेवार व्यक्ति बनाउँछ। संस्कृतिले हामीलाई संसारका अन्य सबै संस्कृतिहरूसँग सहअस्तित्व गर्न सिकाउँछ। यसले मानिसहरू बीचको निकटताको भावना प्रदान गर्दछ र तिनीहरू बीच थप समझ र समन्वय सिर्जना गर्दछ। संस्कृतिले हामीलाई सबैसँग दयालु भई आदरपूर्वक बाँच्न सिकाउँछ, जसले गर्दा समाजमा शान्ति कायम हुन्छ। सान्ति र समन्वय भयो भने समाजको विकास हुन्छ र जीवनको गुणस्तरमा पनि सुधार हुन्छ।

मानिस अनन्तसम्म नबाँचे पनि तिनीहरूको संस्कृति त रहिरहन्छ र हाम्रो इतिहासलाई जीवित राख्दा हाम्रो वातावरणमा पनि सुधार हुन्छ। सांस्कृतिक परम्पराहरू भनेका, हाम्रा अनुभवी पुर्खाहरूले जीवनको बारेमा आफ्नो बहुमूल्य ज्ञान एउटा पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्दै आउनुभएका अनुभव र सीपहरु हुन। यी संचित ज्ञानले व्यक्ति र देश दुवैलाई भविष्यमा अगाडि बढ्न मद्दत गर्न सक्छ।

2. विविधता को फाइदा के त?

विभिन्न सांस्कृतिक समूहका मानिसहरूले चुनौती र समस्याहरूलाई विभिन्न तरिकाले हेर्ने गर्छन्। एउटै परिस्थितिमा पनि फरक-फरक सोच र प्रतिक्रिया दिन्छन्। अनि उनीहरुमा काम गर्ने सैली पनि फरक हुन्छ। ती सीप, ज्ञान, विभिन्न दृष्टिकोण र मानसिकताहरूलाई समेटेर, तिनीहरुलाई प्रोत्साहन गरेर एकजूट बनाई कुनैपनि कार्य गरियो भने जस्तोसुकै समस्याहरुको पनि सजिलैसंग समाधान निकाल्न सकिन्छ। आजको विश्वव्यापीकरणको संसारमा, बिकसित देशका सफल संघ/संगठनहरुले यो कूरा राम्ररी बुझेका छन् र आफ्नो कामदारहरु बहु-सांस्कृतिक भएको रुचाउछन।

जुनसुकै देशले पनि इर्श्या गर्न लायकको येति धेरै भाषा, संस्कृति, रिति-रिवाज आफ्नो देशमा हुनुमा हामी नेपालीले साँच्चैनै गर्व गर्नु पर्दछ। यी सबै विविधतालाई समाबेस गर्न सके देश बिकाश पनि द्रुत गतिमा हुन्छ। अनि यी विभिन्न समुदायहरुको अस्तित्वलाई/पहिचानलाई स्वीकारेर उनीहरुको भाषा, संस्कृति, रिति-रिवाज हरुलाई उचित ढंगले संरक्षण र विकास गर्न सकेमा अन्तरास्ट्रिय का साथै आन्तरिक पर्यटनको पनि विकास हुने नेपालमा प्रचुर सम्भावना छ।

3. समावेशीताका बाधकहरु के के हुन् त?

विभिन्न पहिचान/संस्कृतिहरुको समाबेसिताले व्यक्ति, समाज अनि राष्ट्रमानै सकारात्मक परिबर्तन ल्याउँछ र परिणाम स्वरुप देश बिकसित र शम्रिध्द बन्छ। दुर्भाग्यबस, नेपालको सन्दर्भमा यो समाबेसीकरणलाई अबरोध गर्ने विभिन्न तत्वहरु छन्:

राजनैतिक दल र तिनका नेताहरु

नेपालका पार्टीहरु र तिनका नेताहरु देशको सम्पति लुट्नमानै तल्लिन छन्। पार्टीका नेताहरु यात गुण्डागर्ती गरेर यात झोला बोकेकै भरमा साम्सद, मन्त्रि भएका छन। पार्टी उनीहरुलाई जस्तोसुकै अपराधबाट पनि जोगाउने एउटा पबित्र संस्था बनेको छ। त्यसैले होला पार्टीका अन्धभक्तहरु जस्तोसुकै भए पनि आफ्नो पार्टीको निर्यणलाई समर्थन गर्छन, पार्टीको लागि जे-जस्तो अपराध गर्न पनि तयार हुन्छन, अनि आफुले सपोर्ट गरेको पार्टीको नेताले आफ्नै आमालाई बलात्कार गरेपनि सहि ठान्छन।

यिनीहरुलाई जनताको, समाजको, देशको विकास गर्ने कति पनि चासो छैन र कथंकदाचित चाहे भने पनि, नत सिन्को भाँच्ने सिप छ, नत आइडिया नै! बाटोमा भौतारीरहेको एउटा भुस्याहा कुकुरको जति इज्वत छैन यी आफुलाई राष्ट्रप्रेमी भन्ने नेता भनौदाहरुको।

चेतनाको कमि

अझैपनि गरिबी र अज्ञानताले जरो गाढेको छ नेपाली समाजमा। सर्बसाधारणलाई अझै पनि आफ्नो मतको मूल्य के हो भनेर चेतना छैन। जसले एक प्लेट मासु र एक ट्वाक रक्सि खुलायो उसैलाई भोट दिन्छन अनि आसा चाँही गर्छन देश बिकासको!

दसौं पटक चुनाबमा जिताएर पठाएका नेताहरुले देशको ढुकुकी रित्याएर आफ्नोलागि अपार सम्पति कमाउनु सिवाय केहि गरेका छैनन् तर पनि तिनै पार्टीलाई र ति पार्टीका नेता भानौंदाहरुलाई आफ्नो भोट दिन छाड्दैनन यहाँका जनता। प्रजातान्त्रिक प्रणालीमा, जन्तानै जनार्दन हुन् भन्ने चेत शायद कमैलाई छ। पार्टीले खै कस्तो मोहनी लगौँदो रहेछ, कस्तो मानसिक असन्तुलन हुने बिष चट्टाउँदो रहेछ कुन्नि? पार्टीका झोलेहरु अन्धभक्त भएर, दास् भएर यो संसारमा आफ्नो पार्टीभन्दा बाहिर अरु केहि परिकल्पना गर्न पनि सक्दैन्नन। के सहि र के गलत हो भनेर छुटयौने विबेक पनि हराइसकेको हुन्छ यिनीहरुमा। पक्कैपनि एकदिन देशको ढुकुकीमा हात हाल्ने पालो हाम्रोपनि आउँछ भन्ने चोर/लुटेरा दाउमा बसेको हुनुपर्छ यिनीहरु। आखिर चोरबाट सिक्न सक्ने बिद्यानै चोर्नु न हो!

स्वार्थी र पाखेपन

एकातिर, पहिचान स्थापनाको लडाईमा, व्यक्ति या आफ्नो समुदायको स्वार्थलाई प्राथमिकता दिएकै कारण विभिन्न व्यक्ति/सस्कृति/पहिचान बीच एक्यबध्द्ता हुन सकिरहेको छैन। एक समुदायले अर्को समुदायको सांस्कृतिक/सामाजिक पहिचानलाई, अस्तित्वलाई, आबस्यक्तालाई स्वीकार गरेर, आदर गरेर पहिचानको लडाईमा सहयोद्दा बनाउनुको सट्टा आलोचना र आक्रमण गरेर आफ्नो स्वार्थीपन र मूर्खता देखाईरहेको छ। आफुले राखेको मांग, आफ्नो सोचाई/धारणा सबै सहि, अर्को समुदायको चाँही गलत भनेर सर्बत्र बिरोध र आलोचना गरिरहेको छ। कुनै ऐतिहासिक, बैज्ञानिक आधारनै बिना आफ्नो मृगतृष्णाको सिकार बनेर अर्को समुदायको संस्कृति/पहिचानलाई मेरो हो भनेर दाबी गरि आफ्नो पाखेपन देखाइरहेको छ।

अर्कोतिर, एकात्मक नश्लबादीहरुले बिक्ने प्रबितिकाहरुलाई आलुको भाउमा किनेर अनि लाटो-सोझोहरुलाई एक-आपसमा जुधाएर आन्तरिक कलह मच्चाई उनीहरुमाथि सासन गर्ने, उनीहरुको पहिचान मेटाउने, अस्तित्व मेटाउने षडयन्त्र रचिरहेका छन।

नेतृत्वको कमि

सबै जात-जातिहरुलाई आ-आफ्नो पहिचान दिलाउने भाषा, संस्कृति, भेस-भूषा, रिति-रिवाज को संरक्षण र सम्बर्दन चाहिएको छ। अनि अर्को वर्ग, समुदाय समान आदर पाउने र सबै छेत्रमा समान अवसर पाउनु पर्ने चाहना/आशा नि-सन्देहनै राख्छ। जो उसको नैसर्गिक अधिकार नै हो। तर एकताको सुत्रमा बाँधिएर, एउटाई आवाज उठाएर जान नसक्नुनै पहिचानबादीहरुको पहिलो अनि मुख्य समस्या हो। आफुलाई नपरेसम्म चुप लागेर बस्ने। आफुले मान-मर्यादा भनौन: कुर्शी नपाएमा खुट्टा तानेर सहि कुराको पनि समर्थन नगर्ने। आफुले नेतृत्व गर्न पाएन भने आफ्नो समुदायबाट फुटेर जाने जस्ता अहंकारी र स्वार्थी मानसिकताले पनि पहिचानबादीहरुको लडाईको गतिमा बारम्बार अबरोध पैदा भैरहेको छ।

निस्क्रिय वा नबुझेका सर्ब-साधारणहरुलाई मनाउने, बुझाउने अनि आफ्नो भाषा, संस्कृति, सभ्यताको महत्व बुझेर तिनको संरक्षणको लागि लडाई गरिरहेकाहरुलाई संगठित र एकजूट बनाई अघि बढ्ने नेतृत्वको आबस्यकता खड्किरहेको हामी सबैलाई महसुस भइरहेको छ।

4. पहिचानको दमन गर्ने कुचेष्टा भएमा के हुन्छ?

मानिसको जीवनमा आफ्नो संस्कृतिको/पहिचानको यति धेरै महत्व भएपछी, जब अर्को समुदायले होस् वा राज्यव्यवस्थाले होस आफ्नो संस्कृतिमाथि, आफ्नो पहिचानमाथि दमन गर्न खोज्यो भने समुदायले त्यसको प्रतिकार अवस्य गर्छ र समुदायका मानिसहरु आफ्नो पहिचानको लागि, आफ्नो अस्तित्वको लागि जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुन्छन। संसारमा जति पनि साम्प्रदायिक मुठ-भेटहरु भएका छन्, लडाईंहरु भएका छन् ति सबै कुनै एक सम्प्रदायले अर्कोको पहिचान माथि दमन गर्न खोज्दाका नतिजाहरु हुन्।

जनसमुदायको पहिचान/अस्तित्व जस्ता अति संम्बेदंशील बिसयलाई उचित तवरले सम्बोधन नगरी केहि नालायक पार्टी/नेताहरुले झैं आफ्नो पहिचान, आफ्नो अस्तित्वको शान्तिपूर्ण मांग राख्ने नागरिकहरुलाई, समुदायहरुलाई आतंककारिको संज्ञा दिएमा जन समुदायमा आक्रोसको ज्वाला कति बल्छ भनेर अनुमान गर्न सकिन्छ र अप्रिय घटनाहरु निम्त्याउने स-सस्त्र क्रान्तिहरुको सुरुआत हुन्न भन्न सकिन्न!

अहिले सम्मत, प्रदेशको नामांकरण पहिचानको आधारमा हुनुपर्छ भन्ने मात्र मांग छ। तर, यो मांगलाई सहि तरिकाले समयमै सम्बोधन गरिएन भने विकल्पको रुपमा समुदायले छुटै राज्यको परिकल्पना गर्दैनन् भन्न सकिन्न। यो विभिन्न समुदायको पहिचान र समाबेसिताको लडाईको दिशा कतातिर जाने हो र कस्तो रुप लिने हो भन्ने कुरा अहिलेका राज्यसत्तामा रहेका पार्टी/नेताहरुको दुरदर्शिता कत्तिको छ र यसलाई सहि तरिकाले सम्बोधन गर्ने इच्छा के छ भन्ने कुरामानै निर्भर छ!

5. सारांश

पहिचानले/संस्कृतिले समुदायको अस्तित्वलाई परिभाषित गर्दछ र विविध पहिचान/संस्कृतिले नै संसार अहिले जस्तो रंगीन बन्छ। यो विश्वव्यापीकरणको प्रवृत्तिले धेरै पश्चिमीकरण वा अमेरिकीकरणको हावा चलिरहेको संसारबाट विभिन्न संस्कृति/पहिचानहरु हराउदै गएको अवस्थामा अहिले जस्तै विभिधता कायम गर्न पहिचानबादीहरुलाई ठुलो चुनौती आएको छ। यो संकटकालिन समयमा आ-आफ्नो संस्कृति/पहिचान जोगाउन सबै पहिचानबादीहरु सक्रियताका साथ् ढिला नगरी एकजूट भएर पहिचानको, समाबेसिताको लडाईमा सरिक हुन अत्याबश्यक छ।

तपाईको बुझाईमा पहिचान के हो?

नेपालमा, खासगरी अहिले कोशी प्रदेश नामांकरण को बिरुद्धमा भई रहेको पहिचान को मुद्दा तपाईलाई कस्तो लाग्छ?

हाम्रो संस्कृति/पहिचान माथिको दमन तुरुन्त बन्द होस् र प्रदेशको पुन नामाङ्कन भएर “किरात लिम्बुवान” हुनु पर्छ भनेर समुदायहरुले आवाज उठाईरहंदा बिसेष गरेर पहिचान विरोधीहरु यो मुद्दा जातीय भयो भनेर सस्तो नारा पनि दिईनै राखेका छन्। यो बिसयमा तपाई के भन्न चाहनु हुन्छ ? तपाइको आफ्नो दृष्टिकोण तल अवस्य लेख्नु होला!

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.